जन रिपोर्ट / प्रेस बिज्ञप्ती – ७/१२/२०११
पूर्व सिक्किममा श्री पी०एस० गोलेलाई अपार जन समर्थन र स्वागत
WE WANT P.S.GOLAY को नाराले गुन्जियो नाम्चेबुंग र गान्तोक

WE WANT P.S.GOLAY को नाराले गुन्जियो नाम्चेबुंग र गान्तोक
आज सिक्किमे जनताको आशाको केन्द्र बनेर स्थापित बनी सकेका बिधायक श्री पी०एस० गोलेलाई २२ नाम्चेबुंग समष्टि,पूर्व सिक्किमका जनताले आउँ गाउँमा अपार समर्थन र स्वागत जनाए | “पी०एस० गोले जिन्दावाद, We want P.S.Golay ,युवा नेता पी०एस० गोले आयो है” आदि गगनभेदी नाराले सम्पुर्ण आउँ गाउँ र वर –पर गुन्जिएका थिए |
यो भ्रमण वा भेटघाट कार्यक्रममा करीब ४०० जना ब्यक्तिहरुले श्री पी०एस० गोलेलाई ब्यक्तिगतरुपले भेटेर बर्तमान सिक्किमको अवस्था बिषय चर्चा-परिचर्चा गरे | बर्तमानमा सिक्किमको राजनैतिक स्तर गिरेर गएकोमा गाउँलेहरुले चिन्ता ब्यक्त गर्दै यसलाई अहिले नै सुधार्नु पर्ने नत्र भविष्यमा यसको नराम्रो नतिजा सबै सिक्किमेले भोग्नु पर्ने बताए | यसरी नै सिक्किममा बेरोजगारी बढेर गएको, सिक्किमेको हक र अधिकार सुरक्षित नरहेको, राज्य पूर्णरुपमा ऋणमा डुबेको ,राज्यको आर्थिक अवस्था बेहाल भएको, जनताको स्वास्थ्यप्रति हेलचेक्राई गरिएको, परिवारवादले सिक्किमे युवाहरुलाई मारमा पारेको, अनि सिक्किमको प्रकृति-सम्प्रदा नास भएर गएकोमा गाउँलेहरुले गहिरो चिन्ता ब्यक्त गरे अनि यही सबैलाई मध्य नजरमा राखेर अब सिक्किम र सिक्किमे जनताको भविष्यको निम्ति साकारत्मक राजनीतिमा उत्रिएर जनताको आशा पूर्ण गरी दिने अपील श्री पी० एस० गोलेलाई सम्पूर्ण गाउँलेहरुले गरे | बर्तमान सिक्किमको बिग्रँदो अवस्थालाई पी०एस० गोलेले मात्र सम्हालेर अन्याय र अत्यचारमा परेर डर सरी बाची रहेका सिक्किमे जनतालई उन्मुक्ति दिनु सक्ने बिश्वास र आस्था प्रकट गरे |
आजको यो भेटघाट कार्यक्रमामा पूर्व सिक्किमका जनता अति नै उत्साहित बनेर श्री पी०एस० गोलेलाई स्वागत जनाउन उपस्थित भएका थिए | एसडीएफ पार्टीले आफ्नो हतास र आतेसपनाको परिचय यहाँ पनि दिने निष्फल कोशिष गरयो | पी०एस० गोलेले जनता भेट्ने स्थलको केही नजीगमा अपरझट २२ नाम्चेबुंग समष्टिको सभा राखेता पनि जनताले त्यस सभाको वास्ता नगरी श्री गोलेलाई भेट्न आए | एसडीएफ पार्टीको सभा भई रहेकै स्थलबाट सभालाई ठेन्ग्रा देखाएर जनता पी०एस० गोलेलाई भेटन ठूलो संख्यामा आए | सुरक्षालाई मध्य नजर राखेर पुलिस बल खटिएका थिए | पुलिस बललाई निष्ठापूर्वक कार्यवाही गरी दिएकोमा धन्यवाद दिन्छौ | श्री पी०एस० गोलेको जनता भेट्ने कार्य सिद्धिएपछि आउँदेखि सेती पुल छेवसम्म ठूलो जन समुहले पैदल मार्च गरे जसमा “पी०एस० गोले जिन्दावाद, We want P.S.Golay ,युवा नेता पी०एस० गोले आयो है” आदि नारा फेरी गगनभेदीरुपमा गुन्जिए |यसपछि समर्थक र सहयोगीहरुले श्री पी०एस० गोलेलाई लामो मोटर लस्करसँग नारा लगाउदै गान्तोक आरीथांगसम्म पुराए |
आजको घटनाले बताएको छ कि अब सिक्किममा बर्तमान एसडीएफ सरकार र पार्टीले जति दमन गर्छ , जनता उति आक्रोशित बनेर बिरोधमा उत्रिनेछ, जति गुण्डागर्दी दादागिरी गर्छ उति नै जनता सडकमा उत्रिएर दमन नीतिको बिरोध गर्नेछ | शान्तीप्रिय जनतालाई सरकारले जति सताउने कार्य गर्छ उति नै अब जनता क्रान्तिमा उत्रिएर शोषक,समान्त र दमन नीति बिरुद्द युद्द्द लड्न तयार हुनेछ |
P.s Golay Zindabad….
Now P.s Golay is against his won Party,so why Chamling is not throwing him from his Party??why only always Sufferance of neemukhee Janta??if Hon'ble is honest then why throw him.
sory for error……..i mean,if hon'ble is honest then throw him
0 1 seat ko lagi k dhu-kha garako how goley ley
P.S. Golay Zindabad!!!!! Zindabad!!! Chamlmg abo timro kher chainah!!!!