जनगणनामा गोर्खा जाति नेपाली भाषा लेखेर राष्ट्रियस्तरमा गोर्खाहरूको सही जनसंख्या बताउँ: भागोप

भागोप सिक्किम शाखाको बैठक सम्पन्न
जनगणनामा गोर्खा जाति नेपाली भाषा लेखेर राष्ट्रियस्तरमा गोर्खाहरूको सही जनसंख्या बताउँःभागोप

भागोपको बैठकमा उपस्थिति शाखा र राज्य समितिका प्रतिनिधिहरू

भागोपको बैठकमा उपस्थिति शाखा र राज्य समितिका प्रतिनिधिहरू

गान्तोक,4 दिसम्बर : भारतमा जातिको आधारमा सम्पन्न हुन गइरहेको जनगणनामा भारतीय नेपाली भाषी गोर्खाहरूको सही जनसंख्याको आकलनको निम्ति आफ्नो जाति गोर्खा लेखिनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर भारतीय गोर्खा परिसंघ (भागोप), सिक्किम राज्य समितिले सिक्किम का सबैलाई जनगणनामा आफ्नो समुदायको ठाउँमा गोर्खा लेख्नु पर्ने आह्वान गरेको छ। यहॉंको रानीपूल नजिक स्माइल्याण्ड रिसोर्टमा 4 दिसम्बरको दिन भागोप सिक्किमको राज्य, जिल्ला तथा क्षेत्रिय शाखाका पदाधिकारी तथा संरक्षण सदस्यहरूको एक महत्वपूर्ण बैठकमा जातिगत जनगणनामा गोर्खा जाति लेखेर भारतमा गोर्खाहरूको सही जनसंख्या बताउने प्रस्ताव ग्रहण गर्दै राज्यका सबै शाखा-प्रशाखा र क्षेत्रिय समितिहरूलाई यसको प्रचार प्रसार गर्ने आह्वान गरिएको छ।
अहिलेसम्म भारतमा भएको विभिन्न दशकका जनगणनाहरूमा गोर्खा समुदायले आफ्नो समुदायको ठाउँमा आफ्नो थर लेख्ने गरेको तथा भाषा पनि आफ्नो जात-जातको लेख्ने गरेको कारण भारतीय गोर्खाहरूको सही आँकडा अहिलेसम्म अघि आउन नसकेको ठहर गर्दै बैठकमा गोर्खा जाति अनि भाषाको ठाउँमा नेपाली लेख्ने आह्वान भागोपले गरेको छ।
भागोप राज्य शाखा अध्यक्ष डॉ. कमल गुरुङको अध्यक्षताा सम्पन्न बैठकमा सिक्किमका एक्लो भारतीय स्वतन्त्र आन्दोलनका सेनानी हेलेन लेप्चा (साबित्रीदेवी)-को सालिग निर्माणको निम्ति पहल तिब्र गरिने यसको निम्ति राज्य सरकारसित पनि पहल शुरु गर्दै दक्षिण जिल्लाको नाम्चीमा उनको सालिग निर्माणको निम्ति पहललाई अन्तिम रूप दिइऩे तय गरिएतको छ। तथा भागोपको सांगठनीक सभा यसै महिनाको दोस्रो साता देखि प्रत्येक वार्ड स्तरसम्म पुऱ्याएर संगठनको राष्ट्रिय स्वरूपलाई तृणमूलसम्म पुऱ्याउने प्रस्ताव पारित गरियो। यसैगरि आगामी 2012 सालमा सिक्किममा सम्पन्न हुने प्रस्तावित राष्ट्रिय त्रयवार्षिक महा अधिवेशनको निम्ति राज्यमा सांगठनीक स्थिति अझ बलियो बनाउनु पर्ने विभिन्न शाखाहरूको प्रतिनिधिहरूको सुझाउलाई ध्यानमा राखेर संगठन विस्तार र नेतृत्व क्षमताको विकासमा जोर दिइऩे प्रस्ताव ग्रहण गरियो। यसैगरि अब निरन्तर रूपमा प्रत्येक शाखा समितिहरूले बैठक आयोेजन गरेर संगठन विस्तारको निम्ति पहल गर्ने निर्णय लिइयो। यसै महिनाको दोस्रो साता देखि सांगठनीक बैठक सबै क्षेत्रमा शुरु गरिने प्रस्ताव लिइएको छ।
अर्कोतिर भागोपका नयॉं संरक्षक सदस्य सिक्किम सरकारको पूर्व सचिव के एन शर्मालाई स्वागत जनाइयो । तिनले संगठनको विकास र जातिको उत्थानको निम्ति तृणमूल स्तरसम्मका मानिसहरूलाई समेट्‌न पर्ने तथा यसको निम्ति समाजका तल्लो वर्गका मानिसहरूको जातीय चेतनाको विकास र उत्थानको निम्ति पनि भागोपले काम गर्नुपर्ने बताए।
बैठकमा अध्यक्ष गुरुङले भने जातीय उत्थानको निम्ति गोर्खा समुदायलाई देशको अन्य समुदायको तुलनामा समतुल्य योग्य जातिको रूपमा विकास गर्न थालिएको यो एउटा विचारको अभियान हो। यसमा कसैको डर र भय बोकेर होइऩ तर जातिको उत्थान र सभ्य समाज निर्माणको निम्ति सबै लागिपर्नु पर्ने तथा यसको निम्ति सबै कार्यकर्ता संकल्पित हुनुपर्ने आह्वान गरे। यसैगरि बैठकमा पाण्डम शाखाका अध्यक्ष सुरेन्द्र ढुङ्गेल, पाकिम शाखा महासचिव जी गुरूङ,रिनोक शाखा अध्यक्ष एलएम पौड्याल, राज्य समितिका कार्यकारी अध्यक्ष नारायण भट्टराई, महासचिव सोमनाथ पाण्डे, सचिव प्रेम राज गुरुङ, सचिव प्रवीण खालिङ समेत विभिन्न शाखाका प्रतिनिधिहरूले आफ्नो विचार प्रकट गरे भने भावि रणनीतिहरू तय गरियो। यसैगरि आगामी हप्ता पश्चिम जिल्लाको विभिन्न स्थानहरूबाट सांगठनीक बैठक शुरु गरिने सभाले प्रस्ताव ग्रहण गऱ्यो।

VOS

getx

2 responses to “जनगणनामा गोर्खा जाति नेपाली भाषा लेखेर राष्ट्रियस्तरमा गोर्खाहरूको सही जनसंख्या बताउँ: भागोप”

  1. Rajen Chettri

    NO NEED OF SIKKIMESE NEPALI TO BE REFERRED AS GORKHA. THIS WILL DILUTE ARTICLE 371F OF THE CONSTITUTION PROVIDING SPECIAL SAFEGUARD TO SIKKIMESE NEPALESE. MOREOVER, SIKKIMESE NEPALESE HAVE THEIR OWN HISTORICAL BACKGROUND THAT DOES NOT RESEMBLE WITH INDIAN NEPALESE (GORKHA?)

  2. sukhimpa

    Its O.K for people living in Darjeeling district to call themselves Gorkhas.Afterall the majority of people living there are from the Gorkha regiment or their descendants.The origin of Sikkimeese Nepalis is different.We have to keep this distinction.

Leave a Reply

You must be logged in to post a comment.

  • RSS
  • Twitter
  • Facebook